१७ भदौ,

दाङ । दाङ घोराही उप–महानगरपलिकामा सिस्ने खोलाले गाडीलाई बगाउँदा ४ जनाको मृत्यु भएको छ भने १ जनाको सकुसल उद्दार गरिएको छ ।

मृत्यु हुनेमा, दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १३ को अन्दाजी ३२ बर्षिय शुशिला श्रेष्ठ , सोही ठाउँका ४० बर्षिय रिता माया पुन,वडा नं. १४ को ३२ बर्षिय राधा कुवर र ४२ बर्षिय बिमला के.सी रहेको प्रहरीले जानकारी दिएको छ ।

गाडी चलाक दाङ घोराही उपमहानगरपालिका वडा नं. १५ को अन्दाजी ४३ बषिय नर बहादुर पुनको सकुसल उद्दार गरिएको हो

बुधबार राति अन्दाजी १० बजेको समयमा जिल्ला दाङ घोराही उप–महानगरपलिका वडा नं. ४ गोग्ली स्थित नेपालगंजबाट घोराही तर्फ आउदै गरेको प्र.३–०१–०२४ च ४४४० न.सुजुकी एस प्रेस न.को गाडीलाई सिस्ने खोलाले बगाएर मृत्यु भएको हो ।

गाडीलाई खोलाले बगाएको खबर पाउन साथ जिल्ला प्रहरी कार्यालय दाङ, प्रहरी चौकी गोग्ली दाङ र ट्राफिक प्रहरीसहितको संयुक्त टोली खटिई गई खोजतलास गर्ने क्रममा १ जनाको सकुसल उद्दार गरेको र गाडीमा सवार ५ जना मध्य ४ जनाको शव फेला पारी निजहरुको शब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख