काठमाडौं, चैत २९ –
काठमाडौंको तीनकुनेमा मिति २०८१ चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा संलग्न भई फरार रहेका दुर्गा प्रसाई र उनका अंगरक्षक दीपक खड्का पक्राउ परेका छन्।
नेपाल प्रहरीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै झापा जिल्लाको भद्रपुरबाट उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइँदै गरेको जनाएको छ।

प्रहरीका अनुसार उनीहरू राज्यविरुद्ध र संगठित अपराध सम्बन्धी कसूरमा संलग्न रहेका थिए। घटनापछि फरार रहेका दुर्गा प्रसाई र दीपक खड्कालाई निगरानीमा राखेर प्रहरीले पक्राउ गरेको हो।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेश कुमार आचार्यद्वारा जारी विज्ञप्तिमा पक्राउ गरिएका दुबै जनालाई अब कानुनी प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख