
ईलाका प्रहरी कार्यालय सल्लिवजारका ईलाका प्रमुख धनबहादुर नेपालीको नेतृत्वमा खटिएको प्रहरी टोलीले लागूपदार्थ चरेससहित एक महिला र एक पुरुषलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार ३.३५ केजी चरेस हरियो गेलनमा प्याक गरी कालो झोलामा राखेर यात्रा गरिरहेका ती दुई व्यक्तिलाई पछ्याउने क्रममा सल्लीवजारबाट खटिएको टोलीले उनीहरूलाई बनगाड कुपिण्डे नगरपालिका–१, देवस्थलमा नियन्त्रणमा लिएको हो।
चरेस बोकेको भे १ ख ४००८ नम्बरको एसएमएल फोर्स गाडीको पछ्याइपछि प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको नाम भने प्रारम्भिक अनुसन्धानका कारण तत्काल सार्वजनिक नगरिएको र थप अनुसन्धानपछि सबै विवरण बाहिर आउने प्रहरीले जनाएको छ।
- बरामद गरिएको लागूपदार्थ जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय, सल्लिवजारले जानकारी दिएको छ।