१६ भदौ,

अछाम । अछाममा जिपले मोटरसाइकललाई ठक्कर दिदा दुई जना घाइते भएका छन ।

घाइते हुनेमा, अछामको कमलबजार नगरपालिका वडा नम्बर ६ को २४ बर्षिय उमेश शाही र सोही ठाउँको २७ बर्षिय वीरेन्द्र शाही रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मंगलसैनबाट कमलबजार जाँदै गरेको से १ ज ७८४ को जिपले विपरित दिशाबाट आइरहेको भे ८ प २६०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार रहेका २ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

घाइते हुने दूबैको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको र जिप चालकलाई नियन्त्रणमा लिइसकेको प्रहरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित ख