१६ भदौ,

सिरहा । सिरहामा दुई परिवारबीचको झडपमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा, सिरहाको कल्याणपुर नगरपालिका वडा नं. १ स्थित डुमरीमा बस्ने ६५ वर्षिय भाल्सैरदेवी यादव रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, घर अगडिको बाटोमा भैसीको मल राखेको विषयमा झगडा सुरु भएको हो । भैसीको मल रखेको विषयमा कुरा नमिलेर जयकुमार यादव र श्रीदेव यादवले कुटपिट गरी भाल्सैरदेवी यादवको मृत्यु भएको प्रहरीले बताएको छ ।

घटनामा संलाग्न रहेका जयकुमार यादव र श्रीदेव यादव भाल्सैरदेवीलाई कुटपिट गरि फरर रहेका छन । उनीहरुको खोजी कार्य तिव्र रुपमा भईरहेको प्रहरीले जानकारी दिएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि लहान स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा राखिएको प्रहरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख