
१६ भदौ,
बाँके । बाँकेमा जमुनहा भन्सार छलि ल्याएको अबैध सामान प्रहरीले बरामद गरेको छ ।
प्रहरीका अनुसार, जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष सुचनाको आधारमा यसै प्रहरी कार्यालयबाट खटिएको टोलीले नेपालगंज उपमहानगरपालिका वडा नं. १६ स्थित जयसपुरमा बेवारिसे अवस्थामा रहेको लत्ताकपडा, मोटरसाईकलको पार्टपुर्जा लगायतका सामान अन्दाजि मुल्य १,४८,६९०।– (एक लाख अड्चालिस हजार छ सय नब्बे) रुपैया बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
उक्त बरामद गरेको सामानहरु आवश्यक काम कारबाहीको लागि नेपालगंज भन्सार कार्यालयमा पठाईएको प्रहरीले जानकारी दिएको छ ।