
१६ भदौ,
बारा । बारा जिल्लामा यु.एस.ए पिस्तोलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा, बारा जिल्लाको सिम्रौनागढ नगरपालिका वडा नं. ४ स्थित गंगानगरमा बस्ने ३५ बर्षिय राजेश प्रसाद यादब र सोही ठाउँको २० बर्षिय जितेन्द« प्रसाद कुशवाहा रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, मंगलबार दिउँसो करिब ४ बजेको समयमा २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला बारा सिम्रौनगढ नगरपालिका वडा नं.६ स्थित बिधायक होटेलमा लुकाई छिपाई राखेको मेड इन यु एस ए नं.७७७७० लेखिएको म्याग्जिन सहित पेस्तोल थान–१ र एक्स्ट्रा म्याग्जिन थान–१ सहित फेला पारी संलाग्न रहेका यादब र कुशवाहालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको बारा जिल्ला प्रहरी कार्यालयका प्रमुखले बताए ।