
१५ भदौ,
काठमाडौं । काठमाडौं कि एक महिलाले आफैं माथि आगो लगाएर आत्महत्या गरेकी छन ।
सिद्धिचरण नगरपालिका वडा नंं. ७ मा बस्ने ४० वर्षीया मिना कुमारी श्रेष्ठले आफ्नो शरिरमा स्वयं आफै आगो लगाएर आत्महत्य गरेकी हुन ।
मृतक श्रेष्ठाको शव उनको घर देखी करिब १ किलोमिटरको दुरीमा रहेको टोड्के सामुदायिक वनबाट फेला परको र शवको नजिकैबाट डिजेल प्रयोग गरिएका बोतल र सानो झोला फेला परेका प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, ती महिलाले घरमा भएको प्रज्वलनशील पदार्थ डिजेल शरीरमा खन्याएपछि आगो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ ।