९ चैत्र,

बाँके । बाँकेमा लागूऔषध सहित २ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा नेपालगंज १८ कारकाँडो बस्ने बर्ष ३६ को सन्तोष विष्ट र नेपालगंज ४ बस्ने बर्ष ३४ को सागर नाँउ रहेका छन।

उनीहरुलाई लागूऔषध नियन्त्रण ब्युरो नेपालगंज बाँके र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले १२ ग्राम ६९० मिलिग्राम लागुऔषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक याम बहादुर मल्लले जानकारी दिए।

उनका अनुसार बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर ४ भूजाईगाऊ स्थित बाटोमा हिडिरहेको अवस्थामा संका लागि चेकजांच् गर्दा सन्तोष विष्टको साथबाट ६ ग्राम ४२० मिलिग्राम र सागर नाँउको साथबाट ६ ग्राम २७० मिलिग्राम लागुऔषध फेला पारी पक्राउ गरिएको हो।

पक्राउ गरि दुबै माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख