लेख वसन्त पौडेल ,प्युठान ( हाल कोरिया )

सरकार म एक युवा

सरकार म एक प्रदेसी

सरकार म एक छोरा

सरकार म एक श्रीमान

सरकार म एक बुबा

सरकार म एक बिरोधि कसरी ???

सरकार म सानो हुदा यो ब्याबस्था ठिक भएन भनेर म गोजीमा ढुङ्गा र गुलेली बोकेर आन्दोलन मा हिनेको मान्छे । सरकार तिमिले चाहेको ब्याबस्था त आयो तर मेरो अबस्था किन झन झन बिगृदै गएको ??? सरकार तिमिले आफै सिकाएको हो मलाई आन्दोलन गर्न । तिमी आफै सिकाएको हो मलाई न्याय माग्न।तिमी आफै सिकाएको हो मलाई ब्याबस्था बदल्न ।।सरकार अहिले त मलाई बोल्न झन गार्‍हो भयो । न्याय माग्न झन गार्‍हो भयो । आन्दोलन गर्न नि झन गाह्रो भयो । सरकार जनता आन्दोलित भए तिमी यी अराजक तत्त्व हरु को समुह भन्छौ। सरकार म न्याय माग्न पिडा पोख्न दुखेसो देखाउन कहाँ जाउ सरकार ? तिमिलाइ भेट्न गाह्रो भो सरकार तिमी देखिने भनेको पार्टीको कार्यक्रम मा हो त्याहा मलाई जान निषेध हुन्छ सरकार । सरकार म तिमि सङ्ग यहीँबाट केहि कुरा राख्छु ल।

सरकार तिमि कालो भएनि गोरो भएनी तिमी राम्रो भए नि  नराम्रो भएनी तिमी मेरो सरकार हो । त्यसैले मेरो कुरा तिमि सुन्नैपर्छ । सरकार  तिमी भन्छौं यो ब्याबस्था ठिक छ भनेर । म मेरो छोराछोरी लाई कसरी भनु यो ब्याबस्था ठिक छ भनेर । कसरी भनु मेरा साथीहरू राम हरि स्याम लाई यही ब्याबस्था ठिक छ भनेर कसरी भनौ सरकार ?एक बर्ष मा करिब ५/६  लाख युवा श्रम खोज्न हिन्नुपर्ने यो कस्तो ब्याबस्था ? सरकार मेरो बा आमा जस्तै बृद्धअबश्था का हजारौं बा आमा आफ्ना छोराछोरी को पर्खाइमा बस्दा बस्दै अस्ताएका छ्न। सरकार म आफ्नो ऋण तिर्न हिनेको छोरा अहिले न आफ्नो ऋण तिर्न सकेको छु न तिमिले सरकार चलाउन ल्याएको ऋण तिर्न । सरकार म कसरी भनौ मेरा ती बृद्धअबश्था का बा आमा लाई तिम्रो यो ब्याबस्था मा  छोरा यो देश मा अटायन भनेर ।

सरकार तिमि भन्दैछौ सुखी नेपाल समृद्धि नेपाल तर मैले सुन्दै छु गाउँमा लास बोक्ने मान्छे छैनन् भनेर सरकार म सुन्दैछु सुत्केरी महिला एम्बुलेन्स र हेलिकप्टर कुर्दा कुर्दै मृत्यु भनेर । सरकार तिमी किन सुन्दैनौ किन देख्दैनौ आखिर कहिले सम्म सरकार । म केही बोल्न खोज्दा वा लेख्न खोज्दा तिम्रो कानुन लाग्ने ठुलो डर भो सरकार तिम्रो जित मेरो हार भो सरकार ।🙏

प्रतिक्रिया

सम्बन्धित ख