
१५ भदौ,
कञ्चानपुर । सुदरपश्चिमको कञ्चानपुरमा साढे तीन लाख बराबरको अबैध सामान प्रहरीले बरामद गरेको छ ।
प्रहरीका अनुसार, इलाका प्रहरी कार्यालय देधारा , इलाका प्रहरी कार्यालय त्रिभुवन बस्ती , इलाका प्रहरी कार्यालय बेलडाडी र इलाका प्रहरी कार्यालय गुलारियाबाट खटिएको संयुक्त प्रहरी टोलीले बिभिन्न वडा एरिया हरुबाट भारतबाट भन्सार छली ल्याएको मोटरसाइकलको पाटपुर्जा,साडी,सुट, पितल, तामा, र १ थान मोटरसाइकल आन्दाजी ३,५०,०००।– बराबरको सामान बेवारिसे अवस्थामा फेला पारी कानून बमोजिम बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय पठाईएको प्रहरीले जानकारी दिएको छ ।