
सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजी) राजु अर्यालको शब्दमा ए मायालु गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा सुगम पोखरेलको स्वर रहेको छ भने महानिरीक्षक राजु अर्यालको शब्द, सशस्त्र प्रहरीका डिएसपी सुरेश गैरेको संगीत रहेको छ।यस गीतको भिडियोमा दिपेन्द्र तिमिल्सिनाको निर्देशन, अजय रेग्मीको छायांकन,
टार्जन लिम्बुको ड्रोन, मनोज कार्कीको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा आकाश श्रेष्ठ, प्रियंका कार्की, जिवन कुमार ज्ञवाली,शिब शरण न्यौपाने, शिवराम भट्ट आदीको अभिनय रहेको छ।नायिका प्रियकां कार्की र आकाश श्रेष्ठलगायतको अभिनय रहेको उक्त भिडियोको एरेन्ज भने उदयराज पौडेलले गरेका छन् । दिपेन्द्र तिमल्सिनाको निर्देशनमा बनेको उक्त भिडियो ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।