
१५ भदौ,
यातायात व्यवस्थापन विभागले भदौको तेस्रो हप्ता देखी ड्राइभिङ लाइसेन्सको परीक्षा देश भरी नै सञ्चालन गर्ने भएको छ ।
कोरोण महामारीले गर्दा लामोसमय देखी बन्द रहेको सवारी चालक अनुमतिपत्रको परिक्षा र ट्रयल दुवै नै सञ्चालन गर्ने भएको छ ।
कोरोण महामारी पहिलोको भन्दा घटेको र वातावरण अनुकुल हुनुको साथसाथै गाडि चालकहरुको लागि लाइसेन्स महत्वपुर्ण हुने भएकोले यातायात व्यवस्था विभागले तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरेर सवारी चालक अनुमतिपत्रको लिखित तथा ट्रायल परीक्षा सञ्चालन गर्न निर्देशन दिइसकेको छ।