
१५ भदौ,
अफगानिस्तानले नेपालीलाई उद्घर गर्न दिएको समयमा उद्धार गर्न बाँकी रहेका सबै नेपाली नगरिक आज स्वदेश फर्किदैछन ।
तलिवान लडाकुले अफगानिस्तानको सत्ता कब्जा गरेपछि त्यहाँ रहेका अन्य देशको नगरिकको साथसाथै नेपाली नगरिकहरु पनि समस्यमा परेका थिए ।
सत्ता कब्जा पछि त्यहाँ रहेका सम्पुर्ण नगरिकहरु आफ्नो स्वादेश फर्किने क्रम सुरुभएको हो ।
यसै क्रममा हालसम्म अफगानिस्तनाबाट ८ सय २८ नेपाली नागरिक स्वदेश फिर्ता भइसकेको छन भने अझै करिब दुई सय जना नागरिकहरु उद्धारको पर्खाइमा रहेको छन ।
अफगानिस्तानले उद्घर गर्न दिएको समय भित्रमा त्यहाँ रहेका सम्पुर्ण नेपाली नगरिकहरुको उद्घर गरिसक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
स्वदेश फर्किएका सम्पुर्ण नेपाली नागरिकहरुलाई कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्ड आपनाई आवश्यक परीक्षण गरी व्यवस्थापन गरिएको छ ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीका प्रवक्ता नुरहरि खतिवडाले परराष्ट्र मन्त्रालयको संयोजकत्वमा गठित समितिले समन्वय गरेर सबै दुतावास, सम्बन्धित नियोग, विदेशी संघ संस्था मार्फत उनीहरु स्वदेश आएका जानकारी गराए ।
अफगानिस्तानमा रहेका र नेपालमा रहेका परिवारजन वा आफैँले पनि कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टल तथा उपलब्ध भएका मोबाइल नम्बरहरूमा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।