१३ भदौ,

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएसपी मधुसुदन न्यौपानेमाथि तत्काल कडा भन्दा कडा कारवाहीको माग गरिएको छ ।

बाँकेका अधिकारकर्मी, महिला अधिकारकर्मी, पत्रकार, नागरिक समाजदेखि पुलिसलाई नै धम्काउदै त्रर्साउदै कामुख बनाउँदै क्यासिनो र होटल तथा ठेकेदार र क्रसरवालाबाट मोटो रकम असुलीमा सक्रिय रहेका एसपी अधिकारीलाई कारवाहीको माग यतिबेला जनस्तरबाटै उठेको छ ।

जानकी गाउँपालिकामा भएको नन्नकुनी हत्या प्रकरणमा समेत रकम लिएर चलखेल गरी किटानी जहहेरीको उजुरी दर्ता समेत नगर्ने एसपी अधिकारीको सरूवा सहित र डिएसपी न्यौपानेलार्ई छानबीन गरी कारवाहीको माग गरिएको छ ।

महिला अधिकार मन्चको संयोजनमा बाँके सिडिओ अफिसमा ज्ञापनपत्र बुझाउँदै प्रशासन अघि एसपी अधिकारी र डिएसपी न्यौपानेमाथि कडा कारवाहीको माग सहित महिलाहरूले धर्ना दिएका छन ।बाँकेसहित देशभरका २५ जिल्लाका महिला अधिकार मन्चकर्मीले आज सिडिओ अफिस घेराउ गरेको एक महिला अधिकार कर्मीले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित ख