१३ भदौ,

काभ्रे ।काभ्रे जिल्लाको रोशी गाउँपालिकामा पहिरो खसेर ढुङ्गाले लाग्दा मोटरसाइकल चालककोे मृत्यु भएको छ भने पछाडि सवार रहेका एक जना घाईते भएका छन ।
मृत्यु हुनेमा, महोत्तरीको रामगोपालपुरमा बस्ने २८ वर्षीय सरोजकुमार साह र घाईते हुनेमा मोटरसाइकलमा सवार भएका धनुषा रामानन्धचोकका ३० वर्षीय सतिसकुमार साह रहेको प्रहरीले जनाएको छ ।

जनकपुरबाट ज८प ७४९० नम्बरको मोटरसाइकलमा काठमाडौँतर्फ जाने क्रममा अविरल वर्षका कारण काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं.७ कटुञ्जेस्थित बिपी राजमार्गमा पहिरो खसेर ढुङ्गा लाग्दा मोटरसाइकल चालकको मृत्यु भएको हो । मोटरसाइकलमा सवार रहेका घाईतेको धुलिखेल अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख