
१३ भदौ,
बाँके । कोहलपुरमा एक समुहले अर्को समुहलाइ खुकुरी प्रहार गरेको छ ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर (दशबिगाह) नजिकै आइतबार दिउँसो १२ बजेतिर एक समुहले अर्को समुहलाइ खुकुरी प्रहार गरेको स्रोतले जनाएको छ ।
खुकुरी प्रहारबाट प्रदिप राना भनिने एक युवा गम्भीर घाइते भएको जनाइएको छ ।
घाइते रानाको कोहलपुर मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । खुकुरी प्रहारबाट अर्का एकजना समेत सामान्य घाइते भएको बताइएको छ ।
खुकरी प्रहरी गर्नेहरुको समूह फरार भइसकेको छ । कमजोर प्रहरी प्रशासनका कारण कोहलपुरमा यस्ता खालमा घटनाहरु बढ्दो क्रममा देखिएका छ्न ।
डिएसपि रबिन्द्र खनालले ईलाका प्रहरी कार्यालय कोहलपुरको कमाण्ड सम्हाले पछि कोहलपुरको शान्ती सुरक्षा कमजोर रहेको पाइएको छ ।चोरी ,बलात्कार,लुटपाट,लागुऔषध आदि जस्ता घटनाहरु ब्याप्त मात्रामा बढेर गएको छ ।
अझ विभिन्न स्रोतले डिएसपि खनाललाई देह ब्यापार (यौन धन्दा) भइरहेको भन्दै सुचना दिदा समेत प्रहरी मुखदर्शक हुदा डिएसपि खनाल माथी प्रश्न उठेको छ ।