१३ भदौ,

बर्दिया : बर्दिया जिल्लाको राजापुरमा लागु औषध कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा, बर्दियाका राजापुर नगरपालिका वडा नं.४ को ३१ वर्षिय अलिम अन्सारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, बर्दियाको राजापुर इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले शंकास्पद तरिकाले राजापुरमा रहेको बिरयानी एण्ड कफि शपमा चेकजाँच गर्दा उत्त पसलबाट विभिन्न प्रकारको १,२५४।– ट्याब्लेट लागु औषध फेला पारी संलाग्न अलिम अन्सारीलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट अलिम अन्सारी लागु औषधको कारोबार गर्ने गरेको र थप अनुसन्धान कार्य जारी रहेको राजापुर इलाका प्रहरी कार्यालयका प्रमुखले जनाएका छन ।

अलिम अन्सारीबाट बरामद गरिएका अन्य सामाननहरुः–
१) भिभो कम्पनीको मोबाईल थान–१।–
२) बिभिन्न दरका नेपाली रुपैयाँ – रू. ३७७०।–
३) बिभिन्न दरका भारतिय रूपैयाँ – रू. २२०।– आदि ।

प्रतिक्रिया

सम्बन्धित ख