
५ फागुन,
बांके । कोहलपुर नगरपालिका भित्र रहेका चिडिमार तथा खटिक समुदायको नमूना बस्ती निर्माणका लागी छिमेक समाज सेवा संस्था काठमाडौं-३१ बानेश्वर र कोहलपुर नगरपालिका बिच सम्झौता भएको छ ।
सम्झौता अनुसार, छिमेक चिडिमार खटिक नमूना बस्ती” निर्माण गरिनेछ । अति बिपन्न चिडिमार र खटिक समुदायका कोहलपुर- १४ हवलदारपुरमा रहेका परिवारको लागि पहिलो चरणमा ८ घर निर्माण गरिनेछ भने प्रती घर निर्माण लागत रु. ५ लाख रहने छ । साथै पहिलो चरणमा रु. ४० लाखको कार्य हुनेछ, बाँकी निर्माण कार्य क्रमशः गरिदैं लगिनेछ भने चिडिमार नमूना बस्तिको लागि करिब ८५ लाख लगानी गर्ने भएको छ ।
नमूना बस्ती निर्माण कार्य समयमै सम्पन्न हुनेमा विश्वस्त रहेको कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले बताए ।