२९ माघ,

काठमाडौं । चोरी भएको मोबाइल कसले लिने विषयमा दुई समूहबीच ‍झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

गत आइतबार बिहानको यो घटनामा गम्भीर घाइते भएका काभ्रेका २३ वर्षीय अमृत भनिने संघर्ष कार्कीको मृत्यु भएको हो ।

घटना अनुसार, काठमाडौं महानगरपालिका-७ स्थित कुमारीगालमा एक समूहले एक व्यक्तिको मोबाइल चोर्‍यो । मोबाइल चोरी भएको अर्को पक्षले देखेपछि त्यसलाई कसले लिने भन्ने विषयमा झडप सुरु भयो ।

यस क्रममा काभ्रेका कार्की घाइते भएका थिए । उनलाई तत्काल काठमाडौं शिक्षण अस्पताल (केएमसी) लगिए पनि उपचारको क्रममा चिकित्सकले मृत घोषित गरे ।

काठमाडौं जिल्ला प्रहरी परिसरका सूचना अधिकारी एसपी अपिलराज बोहोराले घटनामा संलग्न तीन जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

पक्राउ पर्नेहरूमा दोलखाका २२ वर्षीय युनिक लामा भनिने नुर्बु शेर्पा, सिन्धुपाल्चोकका २० वर्षीय विशाल तामाङ र झापाका १९ वर्षीय क्षितिज कार्की रहेका छन् ।

घटनामा प्रयोग भएको चक्कु पनि प्रहरीले बरामद गरेको छ । झडपमा संलग्न एक व्यक्ति फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख