२९ माघ,

बाँके । हमासले तत्कालका लागि बन्धकहरूको रिहाइ स्थगित गर्ने घोषणा गरेको छ । बीबीसीका अनुसार इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै हमासले बन्धक रिहाइ रोक्ने घोषणा गरेको हो ।

पूर्वसम्झौता अनुसार आगामी शनिबार तीन इजरायली बन्धक र सयौं प्यालेष्टिनीहरुको रिहाइ हुनेवाला थियो । हमासले मुक्त गर्ने व्यक्तिहरुको सूचीमा नेपालका विपिन जोशी पनि पर्ने अपेक्षा थियो । तर हमासले विज्ञप्ति जारी गर्दै बन्धकको रिहाइ रोक्ने घोषणा गरेपछि युद्धविराम सम्झौता कार्यान्वयनमा नयाँ समस्या खडा भएको छ ।

हमासले इजरायलले गाजा क्षेत्रका केही स्थानहरुमा गोलाबारी जारी राखेको, विस्थापित प्यालेस्टिनीहरु आफ्नो घर फर्किन ढिलो भइरहेको र मानवीय सहायता पु¥याउन बाधा पु¥याइरहेको आरोप लगाएको छ ।

हमासको सैन्य शाखाका प्रवक्ता अबु उबैदाले भनेका छन्, ‘पछिल्लो तीन हप्तामा दुश्मन (इजरायल)ले पटक–पटक युद्धविराम सम्झौता उल्लंघन गरिरहेको हाम्रो नेतृत्वले देखेको छ । उसले सम्झौताका सर्त पालना गरिरहेको छैन । त्यसैले बन्धकहरुको रिहाइ अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ ।’

इजरायल र हमासबीच १९ जनवरी २०२५ देखि युद्धविराम कार्यान्वयनमा आएको थियो । लगत्तै दुवै पक्षबाट बन्धकहरु रिहा गर्ने क्रम चलिरहेको थियो ।

हमासले गाजाबाट इजरायली बन्धकहरूलाई रिहा गर्न रोक्ने घोषणा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा चेतावनी दिएका छन्।

ट्रम्पले हमासले शनिबारसम्म सबै बन्धकहरूलाई रिहा गर्नुपर्ने बताएका छन्। ट्रम्पले गाजा युद्धविराम सम्झौताको भविष्यका लागि हमासलाई समयसीमा दिएका हुन्।

‘जहाँसम्म मेरो चिन्ता छ, यदि शनिबार १२ बजेसम्म सबै बन्धकहरूलाई रिहा नगरिएमा, म यसलाई (सम्झौता) रद्द गर्न भन्छु,’ उनले ओभल अफिसमा भने, ‘अब सबै सडकहरू बन्द गर्नुपर्छ। अब विनाश मच्चाउपर्छ। मलाई लाग्छ यो पर्याप्त समय हो।’

ट्रम्पले शनिबार दिउँसो १२ बजे वा मध्यरात १२ बजेको बारेमा कुरा गरे भन्ने कुरा अझै स्पष्ट भएको छैन। उनले कुन समय क्षेत्रलाई ध्यानमा राखेर यो समयसीमा दिएको भन्ने पनि स्पष्ट भएको छैन।

ट्रम्पले सबै बन्धकहरूलाई ‘टुक्रामा नभई’ एकैपटक रिहा गर्ने आशा राखेको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित ख