नेपालगंजको प्रसिद्ध बागेश्वरी मन्दिर, जहाँ हरेक दिन हजारौं भक्तजन दर्शन गर्न आउँछन्, त्यहीँ अहिले सौचालय अभावका कारण तीर्थयात्रीहरू ठूलो समस्यामा परिरहेका छन्। मन्दिरको पश्चिमपट्टि रहेको खानेपानीको गेट नजिकै सौचालय त छ, तर मर्मत–संभारको अभावले वर्षौंदेखि बन्द अवस्थामा छ। परिणामस्वरूप, भक्तजनहरूलाई खुला स्थानमै दिशा–पिसाब गर्न बाध्य पारिएको छ, जसले मन्दिर क्षेत्रलाई दुर्गन्धित मात्र बनाएको छैन, धार्मिक स्थलको पवित्रता नै धमिल्याएको छ।

धर्मस्थलको स्वच्छता र सौन्दर्य कायम राख्न जिम्मेवार नेपालगंज उपमहानगरपालिका र बागेश्वरी मन्दिर व्यवस्थापन समिति यस समस्याप्रति आँखामा पट्टी बाँधेर बसेका छन्। हजारौं भक्तजनको उपस्थितिलाई ध्यानमा राखी आवश्यक पूर्वाधार निर्माण गर्नुको साटो उनीहरू यस महत्त्वपूर्ण विषयमा पूर्णतः लापरवाह देखिन्छन्।

मन्दिर बाहिर खुला रूपमा दिशा–पिसाब गरिनु केवल भक्तजनहरूकै असुविधा मात्र होइन, यसले मन्दिर क्षेत्रको धार्मिक महत्त्वमा समेत असर पुर्‍याएको छ। यस किसिमको बेवास्ता केवल स्थानीय प्रशासन र मन्दिर समितिको गैरजिम्मेवारीपनको प्रतिफल हो। यदि सम्बन्धित निकायहरूले तत्काल समाधान नखोज्ने हो भने, बागेश्वरी मन्दिरको धार्मिक वातावरण झन् बिग्रने मात्र होइन, नगरको समग्र स्वच्छता र पर्यटन प्रवर्द्धनमा समेत नकारात्मक प्रभाव पर्नेछ।

स्थानीय प्रशासन र मन्दिर व्यवस्थापन समितिले यस गम्भीर समस्यालाई अविलम्ब सम्बोधन गर्नुपर्छ। सौचालयको मर्मत–संभार गरी नियमित सफाइको व्यवस्था मिलाइनु आवश्यक छ, ताकि भक्तजनहरूलाई शौचालय अभावका कारण खुलेआम दिशा–पिसाब गर्न बाध्य पार्ने यो लज्जास्पद अवस्था अन्त्य हुन सकोस्। धार्मिक स्थलको महत्त्व कायम राख्न र भक्तजनहरूको सुविधा सुनिश्चित गर्न प्रशासन तुरुन्तै सक्रिय हुन जरुरी छ रहेको स्थानीयले बाँके अपडेटलाई बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित ख