१३ भदौ,

सुर्खेत । कोभिड–१९ को कारणले गर्दा विधार्थीको माग अनुसार अनलाइन माध्यमबाट परिक्षा सञ्चालन गर्ने विद्यार्थी सङ्गठन र मध्यपश्चिम विश्वविद्यालयबीच सहमति भएको छ ।

दुबैपक्ष बीच वार्तापछिको निर्णय अनुसार भौतिक उपस्थिति र वैकल्पिक माध्यम मध्ये कुनै एक विद्यार्थीलाई स्वयं नै रोज्न दिने सहमति भएको छ ।

सहमतिअनुसार अब विद्यार्थीले परीक्षा व्यवस्थापन कार्यालयले सूचना जारी गरेको पाँच दिनभित्रमा तोकिएको ढाँचाको गुगल फारम भरी कुन माध्यमबाट परिक्षा दिने हो खुलाउनुपर्ने व्यवस्थापन कार्यालयल जनाएको छ ।

सहमति पछि  उपप्राध्यापक विष्णुकुमार खड्काले पूर्वनिर्धारित परीक्षा दशैँ बिदा अघि नै सम्पन्न गर्ने गरी तयारी गर्ने बताएका छन ।

मध्यपश्चिम विश्वविद्यालयले विद्यार्थीबाट लिने विभिन्न शीर्षकका शुल्क कोभिड–१९ को अवधिभरको शिक्षण शुल्क मिनाहा गर्ने, भर्ना भएका कूल विद्यार्थी सङ्ख्याको साधारणतर्फ १७ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने, हाल वितरण गर्न बाँकी रहेका विद्यार्थीलाई आगामी मङ्सिर मसान्तभित्र वितरण गरिसक्ने सहमति भएको छ ।

पुस्तकालय,  प्रयोगशाला, भौतिक संरचना निर्माण तथा स्तरोन्नति एवं सञ्चालनका लागि आर्थिक वर्ष ०७८÷७९ को बजेटमा व्यवस्था गरी कार्यान्वयन गर्ने लगायत सात बुँदे सहमति भएको छ ।

सहमतिपत्रमा मध्यपश्चिम विश्वविद्यालयद्वारा गठित वार्ता टोलीका संयोजक प्रा डा लीलाधर तिवारी, प्रा डा चन्द्रप्रसाद रिजाल, सहप्राध्यापक वीरबहादुर पौडेल, उपप्राध्यापक विष्णुकुमार खड्का र आन्दोलनरत विद्यार्थी सङ्गठनका तर्फबाट नेपाल विद्यार्थी सङ्घका झक्कबहादुर शाही, अखिल (क्रान्तिकारी) का मोतीराम रम्तेल, अनेरास्ववियुका भरत शाही र अखिल (छैटौँ) का हरि बुढाले हस्ताक्षर गर्नुभएको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित ख