
१३ भदौ,
पाल्पा । पल्पामा अविरल वर्षको कारण घर भत्किँदा १० वर्षीया बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा, तानसेन नगरपालिका वडा नं.१० स्थित कैलासनगरमा बस्ने नैना दर्जी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, गएराती अविरल वर्षाका कारण घरको पछाडी तर्फको गारो भत्किएर च्यापिएर गम्भीर घाइते भएकी बालिकाको युनाईटेड मिशन अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।