
११ भदौ,
ललितपुर। ललितपुर महानगरपालिकाबाट बुद्घचित्तको दानासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा, काभ्रेपलान्चोक तेमाल गाँउपालिका वडा नं. ९ को २९ वर्षिय रोज बहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, ललितपुरबाट काठमाडौं तर्फ जाँदै गरेको बा२ज३६०७ नम्बरको टयक्सीलाई महानगरीय प्रहरी प्रभाग सानेपा ललितपुरबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा ललितपुर महानगरपालिका वडा नं. २ सानेपा कालोपुलबाट ९ केजी बुद्घचित्तको दाना फेला परि संलाग्न तामाङलाई पक्राउ गरेको प्रहरीले बताए ।
पक्राउ परेका तामालाई थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।