११ भदौ,

बाँके : नेपालगञ्ज भन्सारबाट एक वर्षमा एक अर्ब ५२ करोड ३७ लाख रुपैयाँ बराबारको गेडागुडी आयात भएको छ । आर्थिक वर्ष २०७६÷७७ मा एक अर्ब १० करोड ८८ लाखको मात्र आयात भएको बाँके  प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले जानकारी दिए ।

यसैगरी सोही नाकाबाट हरेक वर्ष दैनिक आवश्यक सामानहरु  तथा चामलजन्य वस्तु आयातमा पनि वृद्धि हुँदै गैरहेको छ। नेपालगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा ८९ करोड रुपैयाँको चामल आयात भएको छ।

आर्थिक वर्ष २०७७÷७८ मा ८८ करोड ९८ लाख ४२ हजार ९६ रुपैयाँको ती खाद्यान्न आयात भएको प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले बताए। उनका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा ६० करोड १० लाख १५ हजार १४४ रुपैयाँ बराबरको आयात भएको थियो।

नेपालगञ्ज भन्सारबाट दैनिक उपभोग्य सामानको साथसाथै  पेट्रोलियम पदार्थ आयातमा पनि वृद्धि भएको छ। गत आर्थिक वर्ष दुई अर्ब ४६ करोड ७० लाखको पेट्रोल आयात भएको थियो । आर्थिक वर्ष ०७६÷७७ मा एक अर्ब ९५ करोड ३९ लाखको आयात भएको थियो। यसरी हेर्दा ‘पेट्रोल र खाद्यन्न आयातमा वृद्धि हुनुले परनिर्भरता बढ्दै गएको छ ।

नेपालगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा चार अर्ब ८८ करोड ३९ लाख ८८ हजार मूल्य बराबरको चिनी तथा चिनीजन्य वस्तु आयात भएको छ।   उक्त आर्थिक वर्षमा एक अर्व ४४ करोड ६२ लाख रुपैयाँको ती वस्तु आयात भएको थियो।

भन्सार प्रमुख भण्डारीका अनुसार सिमेन्टको क्लिङ्कर आयातमा भने गिरावट आएको छ। गत आर्थिक वर्षमा ३९ करोड १२ लाखको क्लिङ्कर आयात हुँदा आर्थिक वर्ष २०७६÷७७ मा ४१ करोड ९३ लाख रुपैयाँका क्लिङकर आयात भएको थियो। लकडाउनका कारण सिमेन्ट कारखाना बन्द भएका कारण यस वर्ष भारतबाट क्लिङ्कर आयातमा कमी भएको हुनसक्छ।’

 

प्रतिक्रिया

सम्बन्धित ख