११ भदौ,

बर्दिया । बर्दियाको महम्मदपुरबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा, बर्दिया जिल्लाको गेरुवा गाउँपालिका वडा नं.२ को २३ वर्षिय राजेश थारु र सोही ठाउँको वडा नं.३ को २३ वर्षिय अमित बि.क.रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, बर्दिया स्थित महम्मदपुर चौकिबाट खटिएको प्रहरीले गुलरिया वडा नं.११ लालपुरगाउँ स्थित बाटोमा हिडिरेको अवस्थामा शंकास्पद तरिकाले चेकजाँच गर्दा उनीहरुको साथबाट ५३ ट्याब्लेट लागु औषध (नाईट्राभेट) फेला परि पक्राउ गरेको प्रहरी जनाएको छ ।

पक्राउ परेकाहरु माथि थप अनुसन्धान कार्य अगाडि बदाईएको महम्दपुर प्रहरी चौकीको इन्चार्जले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख