११ भदौ,

मकवानपुर : काठमाडौं तफै जाँदै गरेको ट्रक खोलामा खस्दा १ को मृत्यु र २ जना घाइते भएका छन ।

मृत्यु हुनेमा, अन्दाजी ३० बर्षिय एक जना पुरुष रहेको र घाइते हुनेमा मोरङ जिल्लाको सुन्दरहरैचा गाउँपालिका वडा नम्बर ८ को ३१ वर्षिय को राजन बाँस्कोटा र सोही ठाउँ को २४ बर्षीय सरोज आचार्य रहेका छन। मृत्यु हुनेको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, प्रदेश १–०२–००१ ख ८७५९ नम्बरको मालवाहक आईचर ट्रक हेटौंडाबाट काठमाडौं तर्फ फलम बोकेर जाँदै गर्दा मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ सानुटारमा ट्रक आफै अनियन्त्रित भई राप्ती खोलामा खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

उक्त दुर्घटना परि १ जनाको घटना स्थलमै मृत्यु भएको हो भने २ जना घाइते भएका हुन ।

दुर्घटनामा पर्नेहरुको उद्दर गरी घाइते चालकको हेटौंडा वडा नं.११ मा रहेको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ भने सहचालकका अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ

प्रतिक्रिया

सम्बन्धित ख