
११ भदौ,
कैलाली : कैलालीमा एक जनालाई भरुवा बन्दुुुकसहित प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा, कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नं. ६ स्थित नारासोतीमा बस्ने ५० वर्षिय गंगाराम जैशी रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, जिल्ला प्रहरी कार्यालय कैलालंीको विषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय सुगरखाल कैलालीबाट खटिई गएको टोली बिहिबार अन्दाजी बिहान ९ बजेको समयमा सेतीखोर गाउँको बिच जंगलमा हिडिरहेको अवस्थामा गंगाराम जैशीलाई चेकजाँच गर्ने क्रममा जैशीको साथबाट १ थान भरुवा बन्दुुुक फेला परि पक्राउ गरेको प्रहरीले बताए ।
पक्राउ परेको जैशी माथि थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।