
१० भदौ,
वीरगंज : विरगंजको सर्वोत्तम स्टील कम्पनीको भट्टी बिस्फोट भएको छ । भट्टी बिस्फोट हुदा ५ जना श्रमिक सामान्य घाइते भएका छन ,भने ६ जना गम्भीर घाइते भएका छन ।
घाइते हुनेमा भारत बिहार घर भएका ५२ वर्षीय विनोद पाण्डे, युपी लखनउका ५२ वर्षीय सन्तोष कुशवाहा, २० वर्षीय सुशील कुमार, ३७ वर्षीय मानसिया, ३० वर्षीय रा पुकार यादव, बारा छातापिपरा बस्ने २२ वर्षीय टिंकु दास छन् । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
भारत खुशीनगरका ३५ वर्षीय धिरु सहनी, ठेगाना नखुलेका २६ वर्षीय चिंकु दास, भारत युपी लखनउका १८ वर्षीय अमरनाथ सहनी, भारत बिहारका २१ वर्षीय दिपक कुमार र भारत दरभंगा बस्ने १८ वर्षीय रविंकु दासको अवस्था भने सामान्य रहेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार, कम्पनीको फलाम पगाल्ने भट्टी पड्किँदा तरल पदार्थ उछिट्टिएर लाग्दा श्रमिकहरु घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको उद्दर गरी बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।