१० भदौ,

नवलपरासी : नवलपरासीमा लागुऔषध चरेससहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा, भारतको उत्तर प्रदेश महाराजगंज जिल्ला स्थित बर्गदवा भगतपुरमा बस्ने ३७ वर्षीय राजेश यादव रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, नवलपरासी प्रहरी चौकी पचपेडाबाट खटिएको प्रहरी टोलीले प्रतापपुर गाउँपालिका वडा नं. ४ बर्दघाटमा पैदल हिँडिरहेका यादवलाई शंका लागेर चेकजाँच गर्ने क्रममा यादवको साथबाट १० किलो लागुऔषध चरेस फेला परि यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका यादवलाई लागुऔषध मुद्दामा आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख