
१० भदौ,
काठमाडौं : काठमाडौंको गोकर्णेश्वरबाट स्कुटर चोर एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा, सिराह कर्जना नगरपालिका वडा नं.२ घर भई हाल काठमाडौं गौरीघाटमा बस्ने २४ वर्षीय अर्पण महत रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, स्कुटरधनी श्रेष्ठले स्कुटर चोरी भएको निवेदन दिएपछि प्रहरीले खोजतलास गर्ने क्रममा महतले मोटरसाइकलको वास्तविक नं परिवर्तन गर्ने अवसरको खोजी गर्दै सडकमा हिँडाइरहेको अवस्थामा बा७०प५०५३ नम्बरको स्कुटर फेला परि प्रहरीले महतलाई पक्राउ गरेको हो ।
स्कुटरधनी श्रेष्ठको निवेदनका आधारमा स्कुटरसहित महतलाई थप अनुसन्धान एवं कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, बौद्ध पठाइएको महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्मा दासले जानकारी दिए ।