
बाके, नेपालगन्ज स्थिति बालेगाउमा अबस्थित एक पर्यटकिय एबम मनोरञ्जन क्षेत्रको रुपमा रहेको “मेरो प्लानेट” नामक फन पार्कमा दैनिक हजारौ पर्यटकहरु आउने जाने गरेको देख्न सकिन्छ । बच्चा देखि वृद्ध सम्मले आनन्द लिन सक्ने वातावरण रहेको उक्त पार्कको मुख्य आकर्षणको रुपमा आकाशे साइकल रहेको छ ।बिशेष गरि स्थानीय र सिमा जोडिएको भारतिय जिल्लालाई समेत मध्यनजर गर्दै उक्त पार्क संचालन मा ल्याइएको संचालक डा. ओम प्रकाश मिश्रले बताएका छन ।
स्थानीय देखि भारतका विभिन्न ठाउबाट समेत मनोरञ्जनको लागि मानिस आउने गरेको उनको भनाइ छ ।
अहिले बिश्व नौ कोरोना महामारीको बेलामा रहेको अबस्थामा पनि सबै सावधानी अपनाउदै पार्क संचालन गरिएको मिश्रले बताए । त्यसैगरि सयौ ब्याक्ती लाई समेत रोजगार दिइएको त्यस सस्थाका मानव स्रोत साधन प्रमुख कृति ढकालले बताएका छन ।
ढकालका अनुसार “पार्कमा छिरी सकेपछि मान्छेले निकै आनन्द महसुस गर्ने र निकै समय त्यही ब्यतित गर्ने” गरेको उनको भनाइ छ ।