१० भदौ,

बाँके : बाँकेको नेपालगंजमा रहेको भेरी अस्पतालमा चरम लापरबाहीकोे कारणले गर्दा अहिले हङ्गामा भएको छ ।

भेरी अस्पतालमा अघि पछि पनि सानोतिनो घटना घटिरहेको पाइएकै थियो । यसमा कुनै नौलो विषय त छैन तर पनि पहिले भन्दा फरक घटना घटेको छ ।

भेरी अञ्चलकै प्रसिद्घ भेरी अस्पतालमा यस्तो निन्दानिय घटना हुदा आस्पतालमा आउने सेवाग्राहीहरु माथि डर त्रस उत्पन्न भएको छ ।
नेपालगंज स्थित भेरी अस्पतालमा ९ दिन अघि जन्मिएको बच्चालाई सिमलघारीमा बस्ने गोविन्द बिक को भदौ ९गते जन्मिएको बच्चसंग साटेर तपाईको बच्चा मरिसकेको छ भनी बच्चाको परिवारलाई अस्पतालले जिम्मा लगाइसकेपछि बच्चाको अन्तिम दाहा संस्कारको लागि बाँके बर्दियाको सिमाना स्थित मानखोलामा लैजाने क्रममा बच्चाको हातमा गिता थारु लेखेको देखेपछि अहिले भेरी अस्पतालमा तनावग्रस्ता वातावरण सिर्जना भएको छ ।

उक्त घटनापछि जिल्ला प्रहरी कार्यालयका एसपी स्याम कृष्ण अधिकारी र भेरी अस्पतालका सुपरिटेन्डेन्ट प्रकाश थापा, डाक्टर संकेत रिसालसहित अन्य स्वास्थ्य कर्मी र पीडित पक्षबीच वार्ता हुैदँगर्दा भेरी अस्पतालका भेरीका सुपरिटेन्डेन्ट प्रकाश थापाले मृत बच्चा माथी ट्याग लगाउने क्रममा अस्पतालमा कार्यरत स्टाफ नर्सबाट गलती भएको स्वीकार गरेका थिए भने मृत बच्चा कसको हो भनी हाल आफुहरुले डिएनए टेस्ट नगरे सम्म बताउन नसक्ने स्पष्ट पारेका छन ।

स्वास्थ्य कर्मी र पीडित पक्षबीच वार्ता भएपछि मृत बच्चाको डिएनए टेस्टको लागि काठमाडौं पठाउने भएका छन । रिपोर्ट आइसकेपछि तब मात्र कसको बच्चा हो भनी पत्तालगाउन सकिने भेरी अस्पतालका भेरीका सुपरिटेन्डेन्ट प्रकाश थापाल बताएका छन ।

यस्तो खतरनाक कोरोना महामारी को बेला आफ्नो ज्यानको ख्याल वस्ता नगरी दिन रात सेवमा खटिरहने स्वास्थ्यकर्मीहरु भागवानको दोस्रोरुप मनिरहेको बेलामा यस्तो घटना घट्दा स्वास्थ्यकर्मी माथि नै ठुलो प्रशन चिह्न खडा भएको छ ।

एउटा बच्चाको लागि आमा र आमाको लागि बच्चा उतिनै महत्वपुर्ण छ जति कलम लाई मसिको हुन्छ । यस घटनाले आमा र बच्चा बीचको माया ममता माथि खेलवाड गरेको छ । यसरी घटना घट्दा आस्पतालमा आउने सेवाग्रही प्रति अमानवीय व्यवहार र अस्पताल प्रतिको विस्वास घटेको छ ।

मृत बच्चाको आफ्न्ताहरुले छिटो भन्दा छिटो घटनाको रहस्य खुलाई दोषीलाई कडा भन्दा कडा सजाएको माग गर्दै यस्तो घटना कसै माथि नहोस भनी माग गरिरहेका छन ।

यसरी भेरी अस्पतालमा तनावग्रस्त बढेपछि एसपी अधिकारीको कमान्डमा खटिएको प्रहरीले यो रातको समयमा आफुहरुले दोषी माथी कारबाही गर्न नसकिने र अरु सेवाग्राहिहरुलाई समस्य हुने बताउदै दुई जनालाई अस्पतालमा कुर्वा बसिदिन र अन्य पीडितका आफन्तहरुलाई आआफ्नो घरमा जानालाई आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख