९ भदौ,

बाँके । कोहलपुर इलाका प्रहरीले गुण्डा नाईके ‘सन्ते’ लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा,गुण्डा बसन्त रावत ‘सन्ते’ सहित उनका सहयोगीहरु २० वर्षिय प्रकाश बुढा र नविन थापालाई पक्राउ गरेको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार गुण्डा ‘सन्ते’ को नेतृत्वमा १०÷१२ जनाको टोलिले गत साउन २४ गते करिब राती २ बजेको समयमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२० थपुवामा बस्ने १७ वर्षिय पुरन वि.क. र १८ वर्षिय टेक बहादुर वि.क. लाई निर्घात तरिकाले कुटपिट गरेका थिए ।

घटनामा संलाग्न रहेकाहरुलाई प्रहरीले पक्राउ गरे पनि मुख्य गुण्डा नाईके ‘सन्ते’ सहित केही फरर भएका थिए ।

उत्त घटना पछि फरर भएका उनीहरु कहिले भारत त कहिले कातै लुकिछिपि बस्ने क्रममा कोहलपुर इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले गुण्डा ‘सन्ते’ सहित घटनामा संलाग्न रहेकाहरुलाई सुर्खेतमा लुकिछिपि रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख