९ भदौ,

काठमाडौं । काठमाडौंको चण्डोलबाट स्रोत नखुलेको ८५ लाख ५६ हजार रुपैयाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा, बारा जिल्लाको सिमरा उपमहानगरपालिका वडा नं.२ को ३२ वर्षीय लक्ष्मण पौडेल, काठमाडौं महानगरपालिका वडा नं.२४ फसिकेस्थित होलिडे ट्रेडिङ प्राइभेट लिमिटेडका सञ्चालक अभिशेक अग्रवाल र सोही लिमिटेडमा काम गर्ने काठमाडौं कपन बस्ने काभ्रेपलाञ्चोको पाँचखाल नगरपालिका वडा नं.१३ को ३६ वर्षीय मधुसूदन त्रिपाठी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले पौडेललाई काठमाडौं महानगरपालिका वडा नं.२२ को खिचापोखरीबाट पक्राउ गरी थप अनुसन्धान गर्दा उक्त रकम पौडेललाई अग्रवालले दिएको खुलासा भएपछि, त्यसैक्रममा अग्रवालको लिमिटेडमा खानतलासी गर्दा बाँकी रकम फेला परेको प्रहरीले जनाएको छ ।

थप अनुसन्धानको लागि पक्राउ परेकाहरुको सम्पति विवरण अनुसन्धान विभाग पुलचोक पठाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख