९ भदौ,

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नागढुंगाबाट अवैध विभिन्न वन्यजन्तुको आखेटोपहारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा, गोरखा पालुङटार नगरपालिका वडा नं.५को ६५ वर्षीय सोनाम तामाङ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ५८६४ नम्बरको बसमा प्रहरीले चेकजाँच गर्ने क्रममा बसमा सवार सोनाम तामाङको साथबाट २ थान हुचिलको खुट्टा र २ थान हुचिलको पञ्जा बरामद गरेको छ ।

थप बरामद भएका पहिचान हुन नसकेको हड्डी, ४ सय ग्राम जंगली जनावरको सुकुटी, तीनवटा शंख र टल्कने ढुंगा पनि बरामदगरेको प्रहरीले जानकारी दिएको छ ।

संलाग्न सोनामसहित बरामदगरेको आखेटोपहारलाई डिभिजन वन कार्यालय हात्तिसारमा पाठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख