
९ भदौ,
सिन्धुपाल्चोक : सुनकोशी गाँउपालिकामा यात्रुबोकेको बस दुर्घटना भएको छ ।
बुधबार सुनकोशी गाँउपालिकाको ठोकर्पाकबाट काठमाडौंको लागि निस्केको बा३ख ८०३० नम्बरको यात्रुवाहक बस सुनकोशी गाँउपालिका वडा नंं. ३ कालीकाको छापमा ढलान गरिएको घुम्ती सडकबाट करिब ३० किलोमिटर तल खसेर दुर्घटना भएको सिन्धुपाल्चोकको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए ।
दुर्घटनामा पर्नेहरुको उद्दर गरी घाइते भएकाहरुलाइ उपचारको लागि सिन्धु सदावहार अस्पताल र धुलिखेल अस्पतालमा रिफर गरिसकेको जानकारी दिएका छन ।
दुर्घटना हुनुको मुख्य कारण आझै खुल्न नसकेको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए ।