
९ भदौ,
सर्लाही । सर्लाही जिल्लाको बरहथवा नगरपालिकामा दुई जना पेस्तोलसहित पक्राउ परेका छन ।
पक्राउ पर्नेमा, सर्लाही जिल्लाको बागमती नगरपालिका वडा नं. ८ को २८ वर्षिय अरुण लामा र बरहथवा नगरपालिका वडा नं. ५को २८ वर्षिय अगबर अन्सारी रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुुसार, उनीहरु भारतिय बीआर–३० जे ३०८० नम्बरको मोटरसाइकलमा लुकाएर पेस्तोल बोकेर हिँडिरहेको अवस्थामा प्रहरीले उनीहरुबाट १ थान नलकटुवा पेस्तोलसहित ३ थान गोली बरामद गरी पक्राउ गरेको हो ।
संलाग्न व्यक्त्तिहरु माथि थप अनुसन्धान हुने बरहथवा इलाका प्रहरी कार्यालयले जनाएको छ ।