
८ भदौ,
धनगदी : कैलालीमा ट्रकको ठक्करबाट सडकमा हिँडिरहेको एक पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्युहुनेमा, कैलालीको गौरीगंगा नगरपालिका वडा नं.४ राजीपुरमा बस्ने ४० वर्षीय मानसिंह गुरधामीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, मानसिंह गुरधामी बाटोमा हिँडिरहेको बेला पूर्वबाट आईरहेको ग १ ख ६४४१ नम्बरको ट्रकले ठक्कर दिँदा गुरधामीको मृत्यु भएको हो । ट्रक चालक उदयपुरका ३८ वर्षीय डेकराम खत्रीलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक गुरुले बताए ।
उत्त घटनापछि मृतकका परिवार र स्थानिय बसिन्दाले पूर्वपश्चिम राजमर्ग सडक अवरुद्घ गरेको हो । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको अत्तरियाको ट्राफिक प्रमुख एसपी वामदेव गौतमले जानकारी दिएका छन ।