
८ भदौ,
शिक्षा तथा स्वास्थ्य मन्त्रलयले कक्षा १२ को परिक्षा भौतिक उपस्थितिमै लिने आदेश दिएको छ ।
मंलगबार बासेको बैठकको निर्णय अनुसार समिति सभापति जयपुरी घर्तीले कक्षा १२ को परिक्षा दिने सम्पुर्ण विद्यार्थीहरुलाई कोभिड विरुद्घको खोप दिएर भौतिक उपस्थितिमा परीक्षा संचालन गर्न निर्देशन दिएकी हुन् ।
कक्षा १२ को परीक्षा हुनु आगडि नै कोभिड संक्रमणका डर तिव्ररुपमा बढेको हुनले जोखिम रहेको भन्दै स्थागित भएको परिक्षा पुन भौतिक उपस्थितिमै लिने तयारी भएको शिक्षा मन्त्रालयले जनाएको छ ।
कक्षा १२ को परिक्षामा सहभागि हुने विद्यार्थी मध्ये १८ वर्ष भन्दा माथि रहेकोलाई खोप दिन स्वास्थ्य मन्त्रालयसँग कुरा गर्ने शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले बताए ।
सचिव थपलियाका अनुसार, विद्यार्थीहरुको भविष्य, उमेर र शैक्षिक सत्र पछि परेको हुनले यो निर्णय लिएको हो । पहिलेको भन्दा संक्रमण दर न्युन रहेको र वातावरण अनुकुल देखिएको हुनले स्वास्थ्य मन्त्रलयको सुझावका आधारमा दशैं अघि नै भौतिक उपस्थितिमै कक्षा १२ को परिक्षा लिने बताए ।