८ भदौ,

बैतडी । बैतडी जिल्लाको डिलाशैनी गाउँपालिकामा नाजायज सम्बन्धबाट जन्मिएको नवजात शिशुको हत्याको आरोपमा एक महिला पक्राउ परेकी छन ।

पक्राउ पर्नेमा, बैतडी जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ७ ढाँणकीमा बस्ने ३५ वर्षीया माधवी कार्की रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले घर नजिकैको मकैबारीमा शिशु जन्मिना साथ घाँटी निमोठेर हत्या गरेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए ।

माधवीका श्रीमान १० वर्षअघि वैदेशिक रोजगारीमा गएका उतै बेपत्ता भएपछि उनी घरपरिवारबाट अलग बसि गाउँकै १७ वर्षीय किशोरसँग अवैध सम्बन्ध रहेको र अवैध सम्बन्धबाट गर्भ भएपछि किशोर हाल फरार रहेको प्रहरी निरीक्षक शाहीले बताए

माधवीमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न अदालतमा पेश गर्न तयारी भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख