८ भदौ,

महोत्तरी । महोत्तरीमा पर्ने लक्ष्मीनिँया वनक्षेत्रमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा, धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं.३ को ३३ वर्षीय धनपैत महतोे रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, ज ४ प २७०० नम्बरको मोटरसाइकल सर्लाहीतर्फ जाँदै गर्दा ना ३ ख ८८०० नम्बरको तेल ट्यांकरले ठक्कर दिँदा लक्ष्मीनिँया वनक्षेत्रमा दुर्घटना भएको हो । मोटरसाईकलमा सवार दुवै जना दुर्घटनामा परी घाइते भएका दुवैलाई तत्काल उद्धार गरी बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पताल पु¥याइएको र अस्पतालमैे धनपैतको मृत्यु भएको हो ।

अर्का घाइते सर्लाहीको हरिवन नगरपालिकाको अत्रौलीका १३ वर्षीय नवीन महतोलार्ई थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए ।

भने ट्यांकर चालक लाई प्रहरीले नियन्त्रणमा लिइसकेको नायब उपरीक्षक थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित ख