
७ भदौ,
दाङ :दाङ जिल्लाको लमहिमा प्रतिबन्धित बन्यजन्तु (चितुवा)को छाला सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा, जिल्ला बैतडी पाटन नगरपालिका वडा नं.६ को २० वर्षिया बिमल औजी, सोहीठाँउका २८ वषर््िाया प्रदिप कुमार बि.क र २० बर्षिया हेमन्त औजी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, प्रतिबन्धित वन्यन्तुको छाला अबैध ओसारपसार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमिलियाको संयुक्त प्रहरी टोलिले जिल्ला दाङ लमहि नगरपालीका वडा नं. ९ स्थित प्रहरी चेक पोष्टमा पुर्व पश्चिम महेन्द्र राजमार्गमा आवतजावत गर्ने सवारी साधनहरुलाई चेकजाँज गर्ने क्रममा प्रदेश३–०१–०२३ च ७६३८ नं को कारमा अबैध वन्यजन्तु चितुवाको छाला फेला पारी ३ थान छालासहित संग्लन ३ जना लाई पक्राउ गरी थप आवश्यक अनुसन्धान भईरहेको प्रहरीलले जानकारी दिएको छ ।