
७ भदौ,
दाङ : दाङ जिल्लाको घोराहीमा प्रतिबन्धित बन्यजन्तु (कस्तुरी) बिना सहित २ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेहरुमा, जिल्ला दाङ घोराही उपमहानगरपालिका वडा नं.७ को ३३ वर्षिया मोहन बुढा र जिल्ला प्युठान प्युठान नगरपालिका वडा नं.१ को २२ वर्षिया मदन के.सी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, आइतवार साँझ करिब ४ बजेको समयमा दाङ जिल्ला प्रहरी कार्यालयको बिशेष सुचनाको आधारमा यस कार्यालयबाट परिचालित प्रहरी टोलीले दाङ घोराही उपमहानगरपालिका वडा नं. १५ शाहिद गेट स्थित “होटल टुडे प्लाजामा” मा चेकजाँच तथा खानतलासी गर्ने क्रममा उक्त कोठा नं. २ मा ३१ ग्राम (एकतिस) २०० (दुई सय) मिलिग्राम अबैध प्रतिबन्धीत बन्यजन्तु (कस्तुरीको बिना) जस्तो देखिने बस्तु १ थान सहीत निज २ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको दाङ जिल्ला प्रहरी कार्यालयका प्रमुखले बताएका छन ।