७ भदौ,

सिराहा । धनगढीमाई नगरपालिकाको कशहा र आरके मेडीसिटी अस्पतालको केही पक्षिममा स्कारपीओ र पिकअप भ्यान एकापसमा ठोकिएका छन् ।

इलामबाट काठमाडौंतिर आउँदै गरेको स्कारपीओ १७ च ९९६५ नम्बरको गाडी र वीरगंजबाट धरान तर्फ जाँदै गरेको पिकअप भ्यान प्रदेश २)०३)००१ च ७४१ एकापसमा ठोकिदा दर्जनौं घाइते भएका छन् ।

आज बिहान ११ बजे भएको उक्त घटनामा गम्भीर घाईते सबैको स्थानिय आरके मेडीसिटी अस्पतालमा उपचार भइरहेको र घाइतेको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय धनगढी सिरहाले जनाइएको छ भने दुर्घटनामा गम्भीर घाइते भएका राजु नगरकोटीलाई अस्पतालले बाहिर रिफर गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय धनगढीबाट प्रहरी टोली पुगेर आवस्यक काम गरिरहेको स्थानीयलाई उद्दर गर्दै दीपनारायण मण्डलले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख