
७ भदौ,
झापा। झापा स्थित कन्काई नगरपालिकाको एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन ।
मृत्यु हुनेहरुमा, झापाको कन्काई नगरपालिका वडा नं. १ को रबिन बि.क., उनकी श्रीमती मुना बि.क. र आठ महिनाकी छोरी रुबिना बि.क. रेहेको झापा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सानुराम भट्टराईले जानकारी दिएका छन ।
एसपी भट्टराईका अनुसार, प्रहरी घटनास्थलमा पुग्दा उनीहरुको घरको भित्रबाट ढोकाको चुकुल लगाएको झुण्डिएको अवस्थामा फेला परेको र थप घटनासम्बन्धि अनुसन्धान भईरहेको बताए ।