
भाद्र-५,बाँके ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुखले मासिक १२ लाख उठाउने गरेको एक समाचार बाहिर आएको थियो । उक्त समाचार बाहिर आएको एक साता भइसक्दा समेत प्रहरी निरीक्षक राजु भण्डारी माथी न त कुनै अनुसन्धान भयो न त कार्बाही नै ।
यसरी भ्रष्टाचार गरेको समाचार बाहिर बारम्बार आउदा प्रहरी अधिकारीहरुको माथीसम्मको पहुच र सेटिङका कारण कुनैपनि अनुसन्धान र कार्बाही नहुदा भ्रष्ट प्रहरी अधिकारीहरुको मनोबल बढेर जाने गरेको छ । सामाचार सार्बजनिक भएपछि विभिन्न मिडिया सङ हारगुहार गरेका प्रहरी निरीक्षक एबम बाँके जिल्ला ट्राफिक प्रमुख राजु भण्डारी आफ्नो बचाउको लागि दौडधुमा ब्यस्त देखिन्छन ।
यस बिषयमा वास्तविकता जान्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता मधुसूदन न्यौपाने सङ फोन सम्पर्क गर्दा “अहिले सम्म कुनै अनुसन्धान तथा छानबिन भएको पत्र भने हामीलाई जानकारी छैन,कुनै छानबिन अहिले सम्म भएको छैन”
यदि यस बिषयमा छानबिन नहुने हो भने ट्राफिक प्रमुख भण्डारिको सेटिङ निकै माथी सम्म रहेको छ र माथी सम्म नै सबैको मिलेमतो रहेको हुन सक्ने सोझै अनुमान लगाउन सकिन्छ ।
यसरी प्रत्येक प्रहरी बिटको पैसा उठाउने मूल्य नै तोकेर विभिन्न संचार माध्यामले समाचार सम्प्रेषण गर्दा समेत भ्रष्टाचार गरिएका भनिएका राजु भण्डारी माथी छानबिन र उक्त समाचार माथी समेत कुनै छानबिन नहुदा नेपालको कानुन र प्रहरी निकाय माथीको प्रश्न चिन्ह उठेको छ ।
यसरी भित्रको कुरा बाहिर ल्याउदा समेत समन्धित निकाय मौन बस्दा भ्रष्टाचारिको झनै मनोबल बढ्ने गर्दछ ।यदि उक्त समाचार गलत भए प्रदेश ट्राफिकले अनुसन्धान गरि उक्त मिडिया माथी समेत कानुनी उपचार गर्न जरुरी छ ।
उक्त समाचारमा उल्लेख भए अनुसार “कोहलपुर र नेपालगञ्जमा रहेको ट्राफिक कार्यालयले मात्र मासिक ५–५ लाख उठाउने गरेको छ । कुसुममा रहेको कार्याल्यले २० हजार, शम्शेरगञ्जले ४० हजार, चिसापानीले २५ हजार तथा कोलहपुरको मदन चोकको कार्यालयले १० हजार इन्सपेक्टरलाई बुझाउने गरेका छन् ।
सम्झना चोकको ट्राफिक बिटले १५ हजार, राझाले २५ हजार, नेपालगञ्ज बसपार्कले २० हजार, खजुरा धनौलीले १५ हजार, हलदापुरले १५ हजार तथा फुलटेकराले ३० हजार बुझाउने गरेको छ । त्यसैगरी चपरगौडी बिटल समेत मोटो रकम बुझाउने गरेको छ ।
विगतमा लाइसेन्स खुलेको अवस्थामा थप कमाई हुनेमा त्यो चाँही रोकिएको छ,’ ट्राफिकका एक जुनियर अधिकृत भन्छन्,‘यसरी रेट नै तोकेर उठाउने भएपनि कतिधेरै बदमासी छ भन्ने प्रष्ट हुन्छ ।’ पैसा नबुझाउने इन्चार्जलाई इन्सपेक्टरले तत्काल तान्ने गरेका छन् ।”स्रोत:दृष्टिन्युज