
४ भदौ,
सिरहा : सिरहामा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा, सिरहा जिल्लाको लहान नगरपालिका वडा नं. २४ का २८ वर्षिया मनदिप विश्वकर्मा, र वडा नं. ५ को ५२ वर्षिया रामदेव यादव, सोही ठाँउका २५ वर्षिया दिपेन्द« यादव रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।