
४ भदौ,
बाँके ।बाँकेमा अवैध तरिकाले भन्सार छलि ल्याएको खसि र मिनि ट्रकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा , बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं. १४ मा बस्ने २० वर्षिया दिपक राना रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, हिजो राती करिब ११ बजेको समयमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले बाँकेको खजुरा गाँउपालिका वडा नं.८ चमकदारपुरमा चेक जाँच गर्ने क्रममा भन्सार छलि ल्याएको भे १क१२४३ नम्बरको मिनि ट्रकमा ४४ (चौवलीस) खसिले भरिएको ट्रक बरामद गरी चालकलाई नियन्त्रणमा लिएको धनौली इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।
बरामद गरेको सामान र ट्रक चालकसहित थप आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाइएको प्रहरीले बताए ।